वर्षातले सडक बिग्रिएपछि बिरामी महिलालाई अस्पतालसम्म लैजाँदै स्थानीय महिला — OSNepal

वर्षातले सडक बिग्रिएपछि बिरामी महिलालाई अस्पतालसम्म लैजाँदै स्थानीय महिला

LC (KTM) October 04, 2021 0

डोटीको दिपायल सिलगढी नगरपालिका–२ का बिरामी भएकी महिलालाई अस्पतालसम्म बोकेर लैजाँदै स्थानीय महिला । वर्षातले सडक बिग्रिएका कारण यहाँका ग्रामिण क्षेत्रका बिरामीलाई बोकेरै अस्पतालसम्म लैजानु पर्ने बाध्यता रहेको छ । तस्वीर ः विमलबहादुर विष्ट÷रासस

जन्मोत्सवमा ई–लाइब्रेरी र प्रेस क्लबमा सहयोग-मेचीनगर नगरपालिका–६ काँकडभिट्टाका कृष्णप्रसाद उप्रेतीले आफ्नो ८३ औँ जन्मोत्सवमा दुई वटा संस्थालाई रु एक लाख ११ हजार प्रदान गर्नुभएको छ । उहाँले भानु साहित्यिक प्रतिष्ठानको ई–लाइब्रेरी निर्माणका लागि नगद रु एक लाख एक हजार र मेचीनगर प्रेस क्लबलाई रु १० हजार प्रदान गर्नुभएको हो ।

प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका उहाँले पुस्तकालय जस्तो पुण्य क्षेत्र र आमनागरिकलाई सुसूचित गराउने पत्रकारको संस्था प्रेस क्लबलाई आफ्नो जन्मदिनमा सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले आइतबार रकम हस्तान्तरण कार्यक्रममा ८३ वर्ष प्रवेश गर्दाको अवस्थामा समेत युवा अवस्थामा झैँ सामाजिक कार्यमा सदैव सक्रिय रहने उप्रेतीको सामाजिक जीवनको चर्चा गर्नुभएको थियो । उप्रेतीले आफ्नो र दिवङ्गत श्रीमतीको नाममा यसअघि नै कृष्ण पवित्रा प्रतिष्ठान स्थापना गरेर विभिन्न विधाका व्यक्तित्वलाई पुरस्कृतसमेत गर्दैै आउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर