अवैध सम्बन्धबाट जन्मेको शिशु मार्ने महिलालाई अब मात्र दुई वर्ष सजाय (पूर्णपाठ) — OSNepal

अवैध सम्बन्धबाट जन्मेको शिशु मार्ने महिलालाई अब मात्र दुई वर्ष सजाय (पूर्णपाठ)

LC (KTM) October 04, 2021 0

काठमाडौं १८ असोज । अवैध सम्बन्धबाट जन्मेको शिशु मार्ने महिलाको सजाय कम भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले नयाँ नजिर स्थापना स्थापना गरिदिएपछि सजाय कम भएको हो ।

२०७५ साल भदौ १८ गते एक किशोरीले अवैध सम्बन्धबाट जन्मेको बच्चाको हत्या गरेकी थिइन् । पर्वत जिल्लाको एक अविवाहित किशोरी र पर्वत फलेवासकै स्थानीय गणेश मल्ल भन्ने मनबहादुर मल्लको अवैध सम्बन्धबाट जन्मिएको शिशुको ति किशोरीले हत्या परेकी थिइन् ।

उनले प्रहरीसँग आफुले गर्भमा गर्भ बसेपछि उक्त गर्भका विषयमा मल्लसँग कुरा गर्दा उनले विवाह गर्न बताएका जनाकारी दिएकी थिइन् भने ति पुरुषले पछि जन्मनेबित्तिकै शिशूलाई मारेर फाल भनिदिएको कारण आफुले शिशु जन्मिने बितिक्कै मारेर फालेका स्विकार गरेकी हुन् ।

यस भन्दा अगाडी यस्तो घटनामा जम्मकैदको सजाय थियो । ति किशोरीलाई पनि जन्मकैदको सजाय सुनाइएको थियो । तर न्यायाधिशद्धयले नयाा नजिर स्थापान गरिदिएपछि ति किशोरीको सजाय २ वर्षमा हुने भएको छ ।

तीनवटा विषयलाई उजागार गर्दै यस्तो अपराधमा महिलालाई कम सजाय गर्दा पनि न्यायको मकसद पूरा हुने भएकाले कम सजाय गर्न सुझाव समेत दिइएको छ ।

फैसलाको पूर्णपाठ यस्तो रहेको छ;

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर