दोस्रो पटक आमा बनिन् अभिनेत्री नेहा धुपिया, सुत्केरी हुनु २ घण्टा अघि लेखेकी थिइन यस्तो स्टाटस ! — OSNepal

दोस्रो पटक आमा बनिन् अभिनेत्री नेहा धुपिया, सुत्केरी हुनु २ घण्टा अघि लेखेकी थिइन यस्तो स्टाटस !

LC (KTM) October 04, 2021 0

काठमाडौं, १७ असोज-बलिउड अभिनेत्री नेहा धुपिया दोस्रो पटक आमा बनेकी छन् । नेहाले आइतबार बिहान छोरा जन्माएको जानकारी उनका पति अंगद बेदीले सामाजिक संजालमार्फत दिएका छन् ।

नेहाले सुत्केरी हुनुभन्दा दुई घण्टा अगाडि बेबी बम्पसहित गराएको फोटो सुटको एउटा तस्बीर पोस्ट गर्दै लेखेकी थिइन्, ‘तिमीलाई आफ्नो काखमा लिन म अब पर्खन सक्दिनँ ।’

उक्त पोस्ट आएको दुई घण्टामै उनले छोरालाई जन्म दिएकी हुन् ।सन् २०१८ मा बिहे गरेका नेहा र अंगदलाई त्यसको केही महिनापछि नै पुत्री मेहर लाभ भएको थियो । नेहा दोस्रो पटक आमा बनेकामा बलिउड सेलिब्रेटीहरूले बधाई ज्ञापन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर