• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

यातायात व्यवसायीले किन् तेर्साए सडकमै गाडी ?

यातायात व्यवसायीले किन् तेर्साए सडकमै गाडी ?


  • ओएसनेपाल
  • असोज १८ २०७८, सोमबार
  • ६:२५ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 2.1K
    SHARES

    काठमाडौं, १८ असोज-भाडा समायोजनको माग राख्दै यातायात व्यवसायीले उपत्यकामा सार्वजनिक यातायातका साधनहरु सडकमा तेर्साएर आन्दोलन थालेका छन् । बढेको भाडादर कायम नभएको भन्दै यातायात व्यवसायीहरुले सडकमा गाडी तेर्साएर आन्दोलन गरेका हुन् ।

    उपत्यकाको विभिन्न स्थानमा सार्वजनिक सवारी साधन सडक ल्याएर सडक नै अवरुद्ध पारेपछि ट्राफिक व्यवस्थापनमा समस्या परेको छ भने यात्रुले सास्ती खेप्नु परेको छ । सरकारले यसअघि बढाएको भाडादर समायोजन नगरेको भन्दै आन्दोलनमा उत्रने परेको यातायात व्यवसायीले बताएका छन् ।

    महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक संजीव शर्मा दासले भने बढी भाडा लिने सवारी साधनलाई कारवाही गर्न खोज्दा व्यवसायीहरू आन्दोलनमा उत्रिएको बताए । ‘तोकिएको भन्दा बढी भाडा लिने ५१८ गाडीलाई कारवाही गर्न खोजेपछि विरोधमा उत्रिएका हुन्,’ दासले भने ।

    उपत्यकाको रिङरोड, चाबहिल, जोरपाटी लगायतका क्षेत्रमा सवारी साधन सडकमा ल्याएर सडक अवरुद्ध बनाएको छन् । कार्यालयको समयमा यातायात बन्द हुँदा कर्मचारी तथा सवारी कुरेर बसेका यात्रुहरू गन्तव्यमा पुग्न पाएका छैनन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend