• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

बलिउडका दुई स्टार ऋतिक र रणवीर ‘रामायण’ मा रावण र राम बन्दै

बलिउडका दुई स्टार ऋतिक र रणवीर ‘रामायण’ मा रावण र राम बन्दै


  • ओएसनेपाल
  • असोज १८ २०७८, सोमबार
  • ६:२७ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 4K
    SHARES

    काठमाडौं,१८ असोज । बलिउडका दुई स्टार ऋतिक रोशन र रणवीर कपुर ‘रामायण’ नामक फिल्ममा सँगै अभिनय गर्ने खबर भारतीय मिडियाले प्राथमिकताका साथ प्रकाशित गरेका छन् । ‘रामायण’ मा ऋतिकले रावण र रणवीरले रामको भूमिका निर्वाह गर्नेसमेत चर्चा चलेको छ ।

    भारतीय मिडियाका अनुसार यही फिल्मको छलफलका लागि शनिबार ऋतिक र रणवीर निर्माता ज्याकी भागनानीको अफिस पुगेका थिए । त्यहाँ निर्माता भागनानीका साथमा निर्देशक नितेश तिवारी, निर्माता नमित मल्होत्रा र मधु मटेनी उपस्थित थिए । ऋतिक र रणवीरले फिल्मबारे निकै समय छलफल गरेका थिए ।

    निर्माण पक्षले पौराणिक रामायणलाई नै नयाँ ढंगबाट पर्दामा उतार्न लागिएको जानकारी दिएको छ । निर्माताले सुरुमा यो फिल्म तीन सय करोड भारुमा बनाउने अनुमान गरेको थियो । तर, अब उक्त बजेटमा फिल्म पूरा गर्न नसक्ने देखिएकाले अन्य निर्मातासँग समेत सहकार्य गरेर फिल्म बनाउने योजना बुनिएको छ । फिल्ममा सीताको भूमिका कसले निर्वाह गर्ला ? अहिले यसबारे चर्चा सुरु भएको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend