• २०७८ असोज ३० शनिबार

ताजा अपडेट

धेरै पढिएको

नेपालकै उत्कृष्ट बन्यो रेसुंगाको गौमुत्र

नेपालकै उत्कृष्ट बन्यो रेसुंगाको गौमुत्र


  • ओएसनेपाल
  • असोज १८ २०७८, सोमबार
  • ६:५६ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 3.2K
    SHARES

    गुल्मी, १७ असोज-रेसुंगाको गौशालाबाट संकलन तथा प्रशोधन गरिएको गो अर्क अर्थात गहुँत नेपालमै उत्कृष्ट रहेको पाइएको छ । अहिले रेसुंगाको गौशालाबाट गोमुत्र संकलन, प्रशोधन तथा बिक्री वितरणको काम भइरहेको छ । रेसुंगा गौशालाको गहुँत प्रयोगशालामा परीक्षण गर्दा जडिबुटीको गन्धसहित देशको अरु स्थानको भन्दा उत्कृष्ट भएको रेसुंगा संरक्षण समिति गुल्मीको दाबी छ ।

    अहिले दैनिक २० लिटर गौमुत्र संकलन र प्रशोधन गरिएको छ । गौमुत्र काठमाडौं प्रयोगशालाबाट परीक्षणसमेत गरिएको छ । परीक्षण क्रममा रेसुंगाको जंगलमा पाइने विभिन्न थरीका दुर्लभ जडिबुटीहरू खाएका, चिसो र अग्लो ठाउँमा चरेका स्थानीय जातका गाईहरूको गहुँत देशका अरु गौशालामा भन्दा उत्कृष्ट पाइएको संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले दाबी गरे ।

    उनले रेसुंगा गौशाला २०४२ सालबाट २६ वटा गाईहरूबाट सुरु गरिएको बताए । अहिले गौशालामा एक सय ५० भन्दा बढी गाईहरू छन् । रेसुंगा संरक्षण समितिले नै गाईहरूको संरक्षण र व्यवस्थापनको काम गरिरहको छ । स्वर्गद्वारी आश्रमका प्रमुख भागवतानन्दको पहलमा अहिलेबाट गो अर्क संकलन, प्रशोधन र बजारीकरणको काम गरिएको भुसालले बताए ।

    प्रशोधित गहुँत केही दिनमा लेवलिङ गरेर बजार पठाउने योजनामा समिति रहेको छ । यो सबै कामको सहजीकरण झविन्द्र ज्ञवालीले गरेका छन् । उनी स्वर्गद्धारी आश्रमका संरक्षक भागवतानन्द गिरीका भक्त हुन् ।

    संरक्षण समितिका सचिव मोती खनालका अनुसार ज्ञवालीकै पहलमा दाताहरूबाट संकलन गरेका केही रकमबाट ६० लाख रुपैयाँको लागतमा गौशाला व्यावस्थापन, गोपालहरूको बासस्थान र गाईलाई दर्शन गर्न आउने दर्शनार्थीहरूलाई बस्ने व्यवस्थासहितको काम भइरहेको छ । गौशालामा कात्तिक औँशीमा ठूलो मेला लाग्ने गर्दछ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend