सांसदहरुको प्रस्ताव : विवाहको उमेर १८ वर्ष , लिभिङ टुगेदर विवाह पनि दर्ता गर्नुपर्ने — OSNepal

सांसदहरुको प्रस्ताव : विवाहको उमेर १८ वर्ष , लिभिङ टुगेदर विवाह पनि दर्ता गर्नुपर्ने

LC (KTM) October 04, 2021 0

काठमाडौं १८ असोज । १८ वर्षमा नै विवाह गर्न पाउने व्यवस्था राख्न सांसदहरुले प्रस्ताव राखेका छन् । आज सोमबार प्रतिनिधिसभाको कानुन, न्याय तथा माधव अधिकार समितिको वैठकमा सांसदहरुले यस्तो प्रस्ताव राखेका हुन् ।

वैठकमा बलात्कारसँग सम्बन्धित कानुनका विषयमा छलफलका क्रममा सांसददहरुले कानुनले १८ वर्षमा वालिग हुने व्यवस्था गरिसकेपछि विवाह गर्नका लागि उमेर हद तोकिरहनु नपर्ने बताएका छन् । नेपालको कानुनमा २० वर्ष पछि मत्र बिहे गर्ने व्यवस्था रहेको छ ।

बैठकमा सहभागी भएका नेपाली कांग्रेसका मीन विश्वकर्मा, लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मणलाल कर्ण, नेकपा माओवादी केन्द्रका मातृका यादव र नेकपा एमाले सांसद तथा समिति सभापति कृष्णभक्त पोखरेलले यस्तो प्रस्ताव राखेका हुन् ।

विवाहको उमेर १८ वर्ष हुनुपर्ने उनीहरुको तर्क रहेको छ । बैठकमा सहभागी सांसद मातृका यादवले लिभिङ टुगेदर विवाह पनि दर्ता गर्नुपर्ने बताएका छन् ।

यो बिफोर म्यारिज भएकाले पछि परिवारले मानेन् भन्ने वहानामा तोडिन नि सक्छ , तसर्थ यस्तो विकसति रोक्न यसको पनि दर्ता हुन आवश्यक रहेको यादवको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर