मुकुन र सृष्टिको 'राजाको हात्ती' सार्वजनिक — OSNepal

मुकुन र सृष्टिको ‘राजाको हात्ती’ सार्वजनिक

LC (KTM) October 04, 2021 0

काठमाडौँ । गीत ‘राजाको हात्ती’ सार्वजनिक भएको छ । विदुर तिम्सिना ‘देवदूत’ ले लेखेका शब्दले अधिकांश नेपालीको बिदेसिनुको पीडा बोल्छ । गीतमा दिनेश गौतम र अनु सिंहको स्वर छ । संगीत संयोजन पुस्तक प्रसादले गरेका हुन् ।

भिडिओमा बुलबुल फेम्ड अभिनेता मुकुन भुसाल सँगै शारदा गिरी, सृष्टि खड्का, लोकमणि सापकोटा र रचना लामिछाने फिचर्ड छन् । नन्दा अधिकारीको शृङ्गार रहेको भिडिओको छायांकन उत्सव दाहालले गरेका छन् । भिडिओ निर्देशन प्रिन्स डेनियलले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर