मन्त्रिपरिषद् विस्तारको विषयमा प्रधानन्यायाधीश जबरालाई जोडेर समाचार आएको प्रति सर्वोच्चले निकाल्यो यस्तो विज्ञप्ती — OSNepal

मन्त्रिपरिषद् विस्तारको विषयमा प्रधानन्यायाधीश जबरालाई जोडेर समाचार आएको प्रति सर्वोच्चले निकाल्यो यस्तो विज्ञप्ती

LC (KTM) October 04, 2021 0

काठमाडौं १८ असोज । मन्त्रिपरिषद् विस्तारको विषयमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई जोडेर समाचार आएकोमा सर्वोच्च अदालतले आपत्ती जनाएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले एक विज्ञप्ती नै जारी गरी जबरामाथि यस्तो भ्रामक समाचार फैलाउनु दुखद भएको भन्दै विज्ञप्तीमा उल्लेख गरिएको छ ।

‘विगत केही दिनदेखि मन्त्रिपरिषद्को विस्तारमा प्रधान न्यायाधीशको संलग्नतासमेतका शीर्ष राखी विभिन्न पत्रपत्रिका एवम् अनलाईन माध्यमबाटमेत प्रकाशित भएका समाचारहरुको सम्बन्धमा सर्वोच्च अदालतको गम्भीर ध्यानाकार्षण भएको छ ।’ जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपालको संविधानबमोजिम स्वतन्त्र, स्वायत्त एवम संवेदनशीलताकासाथ क्रियाशिल रहनुपर्ने संस्था र त्यसको नेतृत्वप्रति कुत्सित मनसाय राखी लाञ्छित गर्नु अत्यन्तै दुःखद् अवस्था भएको विज्ञप्तमिा भनिएको छ ।

समाचार आउनु अदालतप्रतिको जनआस्था एवम् नेतृत्वप्रति प्रतिकुल प्रभाव पार्ने दुषित मनसायबाहेक अरु केही हुन नस्कने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर