हुनत यो आलोचना गर्ने वेला त होईन तैपनि केही पाठहरू जानौ भन्दै थप सजक हुन अनुरोध, आफू वाचौ अरूलाइ पनि बचाऔ



हुनत यो आलोचना गर्ने वेला त होईन तैपनि केही पाठहरू जानौ भन्दै एक नेपाली नागरिक केशर पण्डितले  थप सजक भएर वर्तमान परिस्थिति सग सामना गर्नु पर्ने जनाएका छन। विज्ञान प्रविधिको विकास, लगानि र चासोले नीजि क्षेत्रले समृद्दिमा साझेदारी गरेकै हो । ग्रोथ ईन्जिन, अर्थतन्त्रको पावर हाउस भनी राखेकै हो नीजि क्षेत्रलाई । विशेषत: २०४८ पछि उदारीकरण, नीजिकरण र वजार नियन्त्रित अर्थ व्यवस्था अंगालिएसँगै सावधानीपूर्वक सामाजिक क्षेत्रमा नीजि सहभागिता हनुपर्ने त्यसो भएन ।

या हाम्रो वजार नियन्रित अर्थ व्यवस्था प्रभावकारी भएन, व्य स्थापन गर्न नै जानेनौं ।अहिलेको विश्वको अवस्थाले सामाजिक क्षेत्रको विकास र व्यवस्थापनमा राज्य कति कम्जोर रहेछ भन्ने छर्लङ्ग वनाई दिएको छ । नीजिक्षेत्रको अवसरवादी, एकांकी र अनुत्तरदायी चरित्र, नाफा लिप्तता, सामाजिक अजवाफदेहिताको संगीन प्रदर्शनले अन्धोरूपमा नीजिकरणका हिमायतीहरूलाई उठ्नै नसक्ने गरी लडाई दिएको छ । हुनत यो आलोचना गर्ने वेला त होईन तैपनि…

केही पाठहरू:

१. अवको दिनमा सार्वजनिक अझ सरकारी तवरले जस्तै अस्पताल र विद्यालय र वातावरण व्यवस्थापनमा एकाधिकार र प्रभावकारिता हासिल नगरी धरै छैन। सरकारी संस्था नै साधन सम्पन्न र सवल हुनुपर्ने रहेछ अरू त रमाईलो र सुखमा मात्र कामलाग्ने रहेछन् ।

२. स्वाश्थ र शिक्षामा याने कि सामाजिक क्षेत्रको विकासमा प्राथमिकता पहिलो नै हुनु पर्ने कुराको विकल्प रहेन । फराकिला वाटो घाटो र उन्नत अन्य पूर्वाधारले त स्वश्थ र सक्रिय जिवनलाइ मात्र भरथेग गर्ने रहेछ ।

३.मोफसलमा दुनिया हल्लाउने जतिसुकै विज्ञ र क्षमतावान संसाधन भए पनि व्यवसायीकता, नैतिकता,सदचार ,राष्ट्रप्रेम र अनुशासन नभएको समाजमा त्यस्को महत्तम उपयोग आकासको फल हुने रहेछ । सरकारी वाहिरका यी चिज महंगो मूल्यमा संग्रह गर्न मात्र मिल्ने रहेछ ।

आगामी दिनमा अझै यस विषयमा विहंगम विश्लेषण वढ्नु आवश्यक छ ।

४. राज्य र व्यवस्थाले सँधै पहिलो र अन्तिम उत्तरदायीत्व र प्रभावकारीता राजनितिक नेतृत्वले नै हासिल गर्नु पेर्ने माग गरेको हुँदो रहेछ । स्वच्छ, पारदर्शि, प्रभावकारी राजनितिक नेतृत्व विना सवै किसिमका हतियार र मनोवलयुक्त सैनिक हुदाहुदै युद्द जित्न सक्ने अवस्था नहुने रहेछ ।

५.उदासिन र अपरिपक्व नेतृत्वले राम्रा भनिएका व्यवस्था र प्रणाली मात्र होईन जनताको ज्यान नै जोखिममा पर्नेछ । युएसए, चिन, कोरिया र सिंगापुरको कोविद-१९ विरुद्दको सक्रियता र उपलव्धिले परिस्थिति उपर नेतृत्वको वुझाई र पहलको मात्राले जनताको ज्यान कति सजिलै तल माथि पर्न सक्दो रहेछ भन्ने तथ्य सवैले वुझ्नुपर्ने रहेछ ।

६.विकास र संवृद्दिको अाकार उपलव्धि र सुविधामुखी पूर्वाधारको उपलव्धताले मात्र होईन वरू इमर्जेन्सी रेस्पोन्स क्षमता र तत्कालको प्राथमिकताका साथ आवस्यक्ता निप्टारा दिन सक्ने सवल गतिशिल नेतृत्वको अकिन्चन उपलव्ध हुन सक्ने अवस्था सहितको व्यवस्थाले निर्धारण गर्ने रहेछ ।

विद्यमान अवस्थामा:

आफू वाचौ अरूलाइ पनि बचाऔ।
उत्तरदायी र असल नागरीकको भूमिका वहनमा नचुकौं ।

अन्त्यमा !
📌घरमै वसौं र लकडाउन सफल पारौं ।
📌नियमित हात सावुन पानीले धोऔ।सफा राखौं आफूलाई ।
📌स्वश्थ रहौं,स्वच्छ रहन योगदान गरौं ।

Comment