कोरोना लाग्छ भन्दै भाडामा बस्‍ने नर्सलाई घरभेटीले घोक्राउँदै निकाले ! दाङ बाट यस्तो भिडियो आयो (भिडियो हेर्नुस)



बिरामीको उपचारमा खटिएकी नर्सलाई डेराबाट निकाल्ने घरभेटी पक्राउ परेका छन् । नर्सलाई घरबाट निकालेको आरोपमा एक जना घरधनी पक्राउ परेको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका–२ का वडासचिव नारायण आचार्य रहेका छन् ।

कोरोना भाइरस सर्ने भन्दै उनले आफ्नो डेरामा बस्दै आएकी आएकी तुलसीपुर उपमहानगरपालिका १६ गणेशपुरकी नर्स सिर्जना खड्कालाई निकालेको प्रहरीको आरोप छ । दाङका प्रहरी प्रवक्ता सुमित खड्काले आरोपबारे अनुसन्धान जारी रहेको बताए । प्रहरीका अनुसार वडा सचिव आचार्यले आरोप अस्वीकार गरेका छन् । भिडियो हेर्नुस

Comment