अब नेपाल टेलिभिजनबाट ‘क्विज मेनिया’ प्रसारण हुने — OSNepal

अब नेपाल टेलिभिजनबाट ‘क्विज मेनिया’ प्रसारण हुने

LC (KTM) October 04, 2021 0

काठमाडौं । नेपाल टेलिभिजनबाट ‘क्विज मेनिया’ प्रसारण हुने भएको छ । ‘क्विज मेनिया’को सिजन ६ सम्म निजी च्यालनमा प्रसारण भएकोमा सातौं सिजन नेपाल टेलिभिजनमा हुन लागेको बताइएको छ । नेपाल टेलिभिजन र प्रतियोगिता सञ्चालन गर्दै आएको एक्रेटिक मिडियाबीच आइतबार प्रसारण सम्झौतामा हस्ताक्षर भएको हो ।

जसमा नेपाल टेलिभिजनका तर्फबाट महाप्रबन्धक फुलमान वल तामाङ र एक्रेटिक मिडियाबाट सीईओ हरि पोखरेलले सम्झौता गरेका छन् । आयोजकका अनुसार सिजन ७ मा एसियाली मुलुकका १७ देशको सहभागिता रहने छ । सो अवसरमा महाप्रबन्धक वलले ‘क्विज मेनिया’मार्फत नेपाल टेलिभिजनको औपचारिक कार्यक्रममा प्रवेश गर्नुभएकोमा अभिनेता राजेश हमाललाई स्वागत गर्दै शुभकामना समेत दिए ।

एक्रेटिक मिडियाका सीईओ हरि पोखरेलले राष्ट्रिय च्यानलबाट ‘क्विज मेनिया’ प्रसारण हुन पाएकोमा खुसी व्यक्त गरे । २४ भागसम्म सञ्चालन हुने कार्यक्रम बुधबार साँझ ८ : ५० देखि नेपाल टेलिभिजनमा प्रसारण हुने र कार्यक्रम महानायक राजेश हमालले संचालन गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर