पत्रकार महासंघ झापाका अध्यक्ष गिरीले पत्रकार सहारा उपचार कोषमा रकम दिएर मनाए जन्म दिन — OSNepal

पत्रकार महासंघ झापाका अध्यक्ष गिरीले पत्रकार सहारा उपचार कोषमा रकम दिएर मनाए जन्म दिन

LC (KTM) October 04, 2021 0

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले आफ्नो जन्मोत्सवको अवसर पारेर सोमबार पत्रकार सहारा उपचार कोषलाई २५ हजार पाँच सय २५ रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । गिरीले महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषका लागि उक्त रकम प्रदान गर्ने घोषणा गरेका हुन् । उनी अहिले अस्वस्थ रहेको र स्वस्थ्य भएपछि उक्त रकम एक कार्यक्रमका बीच हस्तान्तरण गर्ने उनले बताए।

दर्जन बढी संघ–संस्थामा आबद्ध रहेर सामाजिक कार्यका साथै दुई दशकभन्दा अघिदेखि पत्रकारितामा सक्रिय गिरीले उपचार कोषलाई सहयोग गर्दै पत्रकारको दिगो विकास र पत्रकारको हितमा योगदान गर्न सहयोग प्रदान गर्न लागेको अध्यक्ष गिरीले बताए । झापाली पत्रकारहरुको हितमा आफूले महासंघको विभिन्न जिम्मेवारीमा रहँदादेखि नै काम गर्दै आएको र अध्यक्षको जिम्मेवारीसँगै पत्रकारको हितमा आफू निरन्तररुपमा लागेको उनले बताए ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ ।कोषको ब्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हालसम्म ४५ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको महासंघका उपाध्यक्ष केशव भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर