लकडाउनका कारण पाँचथरमा अलपत्र परेका ३७७ मजदुरको उद्धार



मिक्लाजुङ, २२ चैत- कोरोना भाइरस, ९कोभिड –१९ ० को सम्भावित जोखिम कम गर्न सरकारले लकडाउन गरेपछि पाँचथरका विभिन्न आयोजनामा अलपत्र परेका मजदुरलाई उद्धार गरिएको छ ।

अहिले सम्म ३७७ मजदुरको उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले जानकारी दिनुभयो । आयोजनाका आग्रहअनुसार अलपत्र परेकालाई सवारी साधनको व्यवस्था गरी घरघरमा पु¥याइएको उहाँले बताउनुभयो ।

अहिले अत्यावश्यकीय कामबाहेक एक जिल्लाबाट अर्को जिल्ला जान अनुमतिपत्र दिन प्रशासनले बन्द गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन शर्मा गुरागाईँले बताउनुभयो ।(रासस)

Comment