ईपीएल टी ट्वान्टी क्रिकेटमा भैरहवा संग चितवन पराजित — OSNepal

ईपीएल टी ट्वान्टी क्रिकेटमा भैरहवा संग चितवन पराजित

LC (KTM) October 04, 2021 0

ईपीएल टी ट्वान्टी क्रिकेटमा आज भएको खेलमा भैरहवा ग्लाडियटर्स बिजयी भएको छ । उसले चितवन टाइगर्सलाई ६ विकेटले पराजित गरेको हो । पहिला ब्याटिंग गरेको चितवनले १ सय ६५ रनको लक्ष्य भैरहवा समक्ष प्रस्ुतत गरेको थियो । भैरहवाले उक्त लक्ष्य १७ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गरेको थियो । भैरहवाको जितमा प्रदिप ऐरीले सर्वाधिक ७२ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४३ बलमा तीन छक्का र ८ चौका प्रहार गरेका थिए ।

चितवनका करिम जनतले दुई विकेट लिदा सागर ढकाल र भिम सार्कीले एक एक विकेट हात पारे । यस अघि चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६४ रनको योगफल तयार पारेको थियो । चितवनको लागि करिम जनतले सर्वाधिक ३५ रनको योगदान गरेका थिए । भैरहवाका अविनाश बोहराले सर्वाधिक तीन विकेट हात पार्दा कुशल मल्लले दुई तथा कृष्ण कार्की, दुर्गेश गुप्ता र धम्मिका प्रसादले एक एक विकेट लिए । जारी प्रतियोगितामा चितवनको यो पहिलो पराजय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर