काठमाडौं आइपुगेको चर्चित कलाकार अनुपम खेर र परिणिती चोपडा — OSNepal

काठमाडौं आइपुगेको चर्चित कलाकार अनुपम खेर र परिणिती चोपडा

LC (KTM) October 04, 2021 0

काठमाडौं, १८ असोज( फिल्म ‘उचाइ’को छायांकनका लागि अनुपम खेर लगायतका बलिउड कलाकारको टोली काठमाडौं आइपुगेको छ ।

उचाइको छायांकनका लागि अनुपम खेरसँगै परिणिती चोपडा, बोमन इरानी, सारिका हसनलगायतको टोली काठमाडौं आइपुगेको हो । कलाकार खेरले ट्विटरमार्फत काठमाडौं आइपुगेको जानकारी दिएका छन् । उनले नेपालमा छायांकन हुने यो चलचित्र उनको करियरको ५२०औं चलचित्र रहेको बताएका छन् ।

फिल्म उचाइको टोली करिब ४० दिन नेपालमा रहने बताइएको छ । सुरुज वर्जत्यको निर्देशनमा निर्माण हुन लागेको उचाइमा अभिनेता अमिताभ बच्चन र डेनी डेनजोङपाको अभिनय रहने भए पनि उनीहरु भने आइपुगेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर