साफ च्याम्पियनसिप फुटबल : भारतलाई पहिलो गाँसमै ढुंगा , १० खेलाडीमा सिमित बंगलादेशले बराबरीमा रोक्यो — OSNepal

साफ च्याम्पियनसिप फुटबल : भारतलाई पहिलो गाँसमै ढुंगा , १० खेलाडीमा सिमित बंगलादेशले बराबरीमा रोक्यो

LC (KTM) October 04, 2021 0

सार्क राष्ट्रमा फुटबलमा सबैभन्दा शक्तिशाली मानिएको भारत माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा आज भएको खेलमा बराबरीमा रोकिएको छ । उपाधिको प्रमुख दाबेदार मानिएको भारत बंगलादेशसँग एक एक गोलको बराबरीमा रोकिएको हो । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा भारतले सुरुआती अग्रता बनाए पनि अन्ततः त्यसलाई जोगाउन सकेन ।

बराबरी संगै पहिलो खेलमै अंक बाँड्न बाध्य भएको छ भारत । खेलको २६ औं मिनेटमा सुनिल क्षेत्रीले भारतका लागि पहिलो गोल गरेका थिए । तर यो भारतको अग्रतालाई ७४ औं मिनेटमा यसीन अराफतले तोड्दै बंगलादेशलाई हारबाट जोगाए । १० खेलाडीमा सिमित बंगलादेशले भारतलाई पुरै टक्कर दिएको थियो । खेलको ५४ औं मिनेटमा डिफेन्डर विश्वनाथ घोसले रातो कार्ड पाएपछि बंगलादेश १० खेलाडीमा समेटिएको थियो । आजको यो बराबरीसँगै बंगलादेशले २ खेलमा ४ अंक जोड्न सफल भएको छ । बंगलादेश शीर्ष स्थानमा रहेको छ । बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर