लोकप्रिय संगीतकार तथा गीतकार दीपक शर्मालाई पुत्रीलाभ



काठमाडौं – लोकप्रिय संगीतकार तथा गीतकार दीपक शर्मालाई पुत्रीलाभ भएको छ । शर्माकी पत्नि शान्ता अर्यालले आइतबार राजधानीको हेम्स अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।

छोरीको जन्म भए लगत्तै संगीतकार शर्माले ओएस नेपालको कुराकानीमा आमा र छोरीको स्वास्थ्य स्थिती राम्रो भएको उल्लेख गरेका छन् ।

चलचित्र हवलदार सुन्तलीको तिम्रा डोला डोला हातमा, चलचित्र मंगलमको पर्ख पर्ख मायालु, चलचिब छक्का पञ्जा ३ को पहिलो नम्बरमा लगायतका कैयौँ हिट गीतका गीतकार तथा संगीतकार शर्मालाई पुत्रीलाभ भए लगत्तै सामाजिक संजालमा छोरी र आफ्ना तस्विरहरु पोष्ट गर्दै यसरी खुशी ब्यक्त गरेका छन् ।


Comment