आर्यन खान संग ड्रग्स केसमा पक्राउ परेकी यी केटी हो हुन् ? उनी पक्राउ परे संगै बलिउड नै तरंगित बन्यो — OSNepal

आर्यन खान संग ड्रग्स केसमा पक्राउ परेकी यी केटी हो हुन् ? उनी पक्राउ परे संगै बलिउड नै तरंगित बन्यो

LC (KTM) October 04, 2021 0

आईतबार आर्यन खानको साथमा क्रुजमा भएको ड्रग पार्टी केसमा अरबाज मर्चेन्ट र मुनमुन धमेचाको नाम पनि एनसीबीको गिरफ्तार लिस्टमा आएको छ । अरबाज र मुनमुनको साथ बाट ड्रग्स बरामद गरिएको थियो । यसैक्रममा ३ आरोपीहरुलाई १ दिन हिरासतमा राख्न आदेश दिएको थियो । आर्यन खानलाई त सबैले चिनेकै छ तर मुनमुन को हुन् त्यसको बारेमा आज हामी तपाईलाई बताउँदै छौ । मुनमुन दिल्लीमा बसोबास गर्दै आएकी छिन् । तर उनको वास्तबिक घर मध्यप्रदेशको सागर जिल्लाको तहसीलीमा रहेको छ ।

तर अहिले त्यो घरमा कोही पनि बसोबास गर्दैनन् । मुनमुनको आमाको अघिल्लो साल निधन भएको थियो । मुनमुनको एक भाई रहेको छ जसको नाम प्रिन्स धमेचा रहेको छ । प्रिन्स दिल्लीमा जागिर खाईरहेका छन् । मुनमुनले आफ्नो स्कुलको पढाई मध्यप्रदेशको सागर बाट गरेकी थिईन् । त्यसपछि मुनमुन भोपालमा बसिन् त्यसपछि फेरी करीब ६ बर्ष पहिला उनी भाई प्रिन्स संग दिल्ली आएकी हुन् । उनी एक मोडल रहेकी छिन् । उनले आफ्नो इन्ष्टामा र्याम्प वक गरिरहेको फोटोहरु शेयर गरेकी छिन् । उनका एकदम मिल्ने साथीहरुमा बलिउडका केही स्टारहरु समेत रहेका छन् । उनी बिज्ञापनका लागि काम गर्ने गर्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर