प्रदेश २ सरकारको गरिमालाई बचाउन मुख्य मन्त्री राउतले राजीनामा दिनुपर्छ : लोसपा — OSNepal

प्रदेश २ सरकारको गरिमालाई बचाउन मुख्य मन्त्री राउतले राजीनामा दिनुपर्छ : लोसपा

LC (KTM) October 04, 2021 0

काठमाडौं १८ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा०ले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्ने भएको छ ।

आज सोमबार पार्टीको प्रदेश २ का संसदीय दलका नेता जितेन्द्र सोनलको अध्यक्षतामा बसेको प्रदेश २ संसदीय दलको बैठकले मुख्यमन्त्री राउतको राजीनामा माग्ने निणर्य गरेको हो ।

मुख्यमन्त्री राउतले सञ्चालन गरेको बेटी बचाउ बेटी पढाउ भन्ने कार्यक्रममा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुशन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको थियो ।

सोही विषयलाई लिएर लोसपाले राउतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने भन्दै राजीनामाको माग गरेको हो । बेटी बचाउ बेटी पढाउ, मुख्यमन्त्री स्वच्छता कार्यक्रम, विमा कार्यक्रम’ लगायतको बारेमा प्रश्न उठ्दा मुख्यमन्त्री राउतले जवाफ दिनुको सट्टा ढाकछोप गरेको लोसपाले आरोप लगाएको छ ।

प्रदेश सरकारको गरिमालाई बचाउने एक मात्र उपाय मुख्यमन्त्री राउतको राजीनामा भएको लोसपाले निष्कर्ष निकालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर