एनसीबीद्धारा आर्यन खानलाई हिरासतमा राख्न माग , वकील मानशिन्दे भन्छन्– आर्यनले शिपमा ड्रग्स बेच्न जरुरत छैन , चाहे भने पुरै शिप नै खरीद गर्न सक्छन् — OSNepal

एनसीबीद्धारा आर्यन खानलाई हिरासतमा राख्न माग , वकील मानशिन्दे भन्छन्– आर्यनले शिपमा ड्रग्स बेच्न जरुरत छैन , चाहे भने पुरै शिप नै खरीद गर्न सक्छन्

LC (KTM) October 04, 2021 0

शाहरुख खानका छोरा आर्यन यतिबेला एनसीबीको हिरासतमा रहेका छन् । मुम्बई बाट गोवा जाँदै गरेको क्रुज शिपमा हुन लागिरहेको ड्रग्स पार्टीमा छापा मारेर एनसीबीले आर्यन खानलाई पक्राउ गरेको थियो । पक्राउ गरेपनि उनलाई एनसीबीले केही घण्टा सोधपुछ गरेको थियो । त्यसपछि उनलाई गिरफ्तार गरिएको थियो । उनी सहित हिजो अरबाज मर्चेन्ट र मुनमुन धमेचालाई कोर्टमा पेश गरिएको थियो । कोर्ट बाट एक दिनको हिरासतमा राख्ने आदेश आएको थियो । आज फेरी यी ३ नै जनालाई कोर्टमा पेश गरिएको थियो ।

कोर्टले ७ अक्टोबर सम्म हिरासतमा राखे अनुषन्धान गर्न अनुमति दिएको छ । यसैबीच आर्यन खानको कोर्टको पेशीमा मजिस्ट्रेट, एनसीबी तथा आर्यनका वकील सतीश मानशिन्दे बीच एकदमै लामो बहस चलेको थियो । एनसीबीले आर्यन माथि फोन बाट आपत्तिजनक चीज, ड्रग्स च्याटभएको दाबी गरेको थियो । उता स्टार किडका वकील मानशिन्देले जवाफमा एक पछि अर्काे दलिलहरु पेश गरेका थिए ।

कोर्टका मस्ट्रिेटले एनसीबी संग आर्यनलाई हिरासतमा राख्नु पर्नाको कारण सोधेको थियो । जसमा एनसीबीले उक्त ड्रग्स पार्टीमा किन उनलाई बोलाइएको थियो तथा उनी किन क्याबिनमा बसेका थिए भन्ने पत्ता लगाउन हिरासत माग गरिएको बताएको थियो । एनसीबीको यस कुराको जवाफ दिदै मानशिन्देल भने– आर्यन खानलाई शिपमा ड्रग्स बेच्न जरुरत छैन । उनी शिपमा किन गएका थिए यसमा एनसीबीको कुनै काम छैन । आर्यनले चाहे भने पुरै शिप नै खरीद गर्न सक्छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर