श्रीलंका लाई हराउँदै नेपाल साफ च्याम्पियनसिप फुटबलको शीर्ष स्थानमा — OSNepal

श्रीलंका लाई हराउँदै नेपाल साफ च्याम्पियनसिप फुटबलको शीर्ष स्थानमा

LC (KTM) October 04, 2021 0

माल्दिभ्समा जारी १३ औ संस्करणको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । नेपालले प्रतियोगितामा लगातार दोस्रो जित निकाल्न सफल भएको छ । केही बेर अघि सम्पन्न खेलमा श्रीलंकालाई तीन दुई गोल अन्तरले पराजित गर्दै नेपालले आफ्नो अपराजित यात्रालाई कायमै राखेको हो । नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोलको योगदान दिए गरे । श्रीलंकाका मार्भिन ह्यामिल्टन र डी सिल्भाले एक एक गोल फर्काए ।

श्रीलंकाले अतिरिक्त समयमा पेनाल्टी पाएको थियो । आजको यो जितसँगै नेपाल शीर्ष स्थानमा उक्लिएको छ। नेपालले २ खेलमा स्पष्ट ६ अंक जोड्न सफल भएको छ । लगातार दोस्रो जितपछि नेपाल फाइनल नजिक पुगेको छ। नेपालले पहिलो खेलमा माल्दिभ्सलाई एक शुन्य गोल अन्तरले पराजित गरेको थियो । श्रीलंकाको आजको सहित यो लगातार दोस्रो पराजय हो । पहिलो खेलमा श्रीलंका बंगलादेशसँग एक शुन्यले पराजित भएको थियो । आजको हार संगै श्रीलंकाको फाइनल यात्रा कमजोर बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर