कमेडीयन सुन्दर खनालले पल शाहसँग जोडेर आफुलाई कमेडी गरेपछि रिसाइन् — OSNepal

कमेडीयन सुन्दर खनालले पल शाहसँग जोडेर आफुलाई कमेडी गरेपछि रिसाइन्

LC (KTM) October 05, 2021 0

काठमाडौं- नायिका आँचल शर्माले कमेडियनलाई कलाकारको व्यक्तिगत जीवनलाई कमेडीमा जनोडिदन आग्रह गरेकी छन् । सोमबार काठमाडौंको चन्द्रागिरीमा आयोजना भएको ‘बेष्ट म्युजिक अवार्ड २०२१’मा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन् ।

कमेडी च्याम्पियन’ प्रतियोगी सुन्दर खनालले कार्यक्रममा आफ्नो प्रस्तुतिको क्रममा आँचलको विवाह अगाडि पलसँग रहेको प्रेमको हल्लाको बिषय समेत आफ्नो ब्यङ्ग्य​को रुपमा प्रस्तुति दिए उनले यस्तो आग्रह गरेकी हुन् ।

विवाह अगाडि चलेको प्रेमको हल्लाको बिषय विवाह पछाडी कमेडी गर्दा विवाहिक जीबनमा असर गर्न सक्ने उनले बताएकी थिइन् । यद्यपी सुन्दरको उक्त प्रस्तुतिमा उनी मज्जाले हासिरहेकी थिइन् । कार्यक्रममा कमेडियन खनालले फिल्मी कार्यक्रम रजतपटका संचालक प्रकाश सुवेदी, अभिनेत्री पूजा शर्मा, युट्युव उत्सव रसाइली लगायत माथी समेत तिखो ब्यङ्ग्य प्रहार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर