दसैँ तिहारका लागि दार्चुलाको व्याँस गाउँमा हेलिकप्टरबाट खाद्यान्न ढुवानी — OSNepal

दसैँ तिहारका लागि दार्चुलाको व्याँस गाउँमा हेलिकप्टरबाट खाद्यान्न ढुवानी

LC (KTM) October 05, 2021 0

खाद्यान्न अभाव भएको दार्चुलाको व्याँस गाउँपालिकामा खाद्य संस्थानमार्फत दसैँ तिहारकालागि हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिँदै । खाद्यान्न अभावहुन नदिन छांगरु, तिंकर, दुम्लीङ, राप्ला, माल, सीना, सुनसेरा लगायतका स्थानमा ६ सय क्वीन्टल खाद्यान्न हेलिकप्टरबाट ढुवानी भइरहेको छ । तस्वीर ः नरेन्द्रसिह कार्की, रासस

यी स्थानमा भइरहेको छ अहिले वर्षा-अहिले भारतको बिहार तथा आसाममा अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा पनि परेको छ । सोही मौसमी प्रणालीका कारण नेपालमा बदली र वर्षा गराएको हो ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । राजधानी काठमाडौँ उपत्यकामा बिहान सामान्य बदली रहे पनि अहिले पारिलो घाम लागेको छ । मध्यान्हपछि बदली र वर्षा हुनसक्ने अनुमान गरिएको छ ।

महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमानअनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेका एक दुई स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहनेछ ।

बुधबार देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेका एक–दुई स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बिहीबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर