पूर्वसांसद इच्छाराज तामाङ सुन्धाराबाट पक्राउ, तामाङविरुद्ध ४६ करोड रुपैयाँ ठगी गरेको आरोप — OSNepal

पूर्वसांसद इच्छाराज तामाङ सुन्धाराबाट पक्राउ, तामाङविरुद्ध ४६ करोड रुपैयाँ ठगी गरेको आरोप

LC (KTM) October 05, 2021 0

काठमाडौं १९ असोज । पूर्वसांसद इच्छाराज तामाङ काठमाडौंको सुन्धाराबाट पक्राउ परेका छन् । व्यसायी समेत गर्दै आएका तामाङलाई सोमबार केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

सिभिल ग्रुप, सिभिल सहकारी तथा सिभिल बैंकका अध्यक्षसमेत रहेका तामाङमाथि ४६ करोड रुपैयाँ ठगीको निवेदन परेको छ । उनले सिभिल सहकारीका निक्षेपकर्ता ठगी गरेको प्रहरीले जनाएको छ ।

ब्युरोले तामाङ सहित अन्य केहि सहकारीका व्यक्तिलाई पनि यसमा सम्लग्न भएको आरोपमा पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर