धेरैलाई मालामाल बनाउने अभियान लघुवित्त वित्तीय संस्थाको आईपीओ आउँदै — OSNepal

धेरैलाई मालामाल बनाउने अभियान लघुवित्त वित्तीय संस्थाको आईपीओ आउँदै

LC (KTM) October 05, 2021 0

काठमाडौं, १९ असोज । अभियान लघुवित्त वित्तीय संस्थाले १३ कात्तिकमा दोस्रो वार्षिक साधारणसभा डाकेको छ । लघुवित्तले काभ्रेपलाञ्चोक पनौतीमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने तयारी थालेको हो ।

सभाले गत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गर्नेछ । कम्पनीले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती गर्ने विषयमा पनि छलफल हुनेछ । सभामा संस्थाले चालू आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयमा छलफल गर्नेलगायतको एजेण्डा छ । साथै, कम्पनीले सर्वसाधारणमा प्राथमिक सेयर आईपीओ जारी गर्ने सम्बन्धमा पनि सभाबाट अख्तियारी प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर