एसिड पिडित मुस्कान खातुनको उपचारका लागि प्रमुख विजयकुमारले दिए दुई लाख — OSNepal

एसिड पिडित मुस्कान खातुनको उपचारका लागि प्रमुख विजयकुमारले दिए दुई लाख

LC (KTM) October 05, 2021 0

वीरगन्ज- पर्साको वीरगन्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीले एसिड प्रहारबाट घाइते मुस्कान खातुनको उपचारका लागि रु दुई लाख सहयोग गर्नुभएको छ ।

प्रमुख सरावगीले आफ्नो सेवा सुविधालगायत पारिश्रमिकको रकमबाट स्थापना गर्नुभएको ‘मेयर कल्याणकारी कोष’बाट उक्त रकम खातुनलाई सहयोग गर्नुभएको हो ।

एसिड प्रहारबाट खातुनको घाँटी, पेट र छातीमा घाउ भएको छ । उहाँको तत्कालै शल्यक्रिया गर्नुपर्ने अवस्था छ । खातुनको उपचारका लागि आर्थिक अभाव भएपछि नगर प्रमुख सरावगीले सहयोग गर्नुभएको हो ।

खातुनको कानको समेत शल्यक्रिया गर्नुपर्ने र त्यसका लागि आर्थिक अभाव भएकाले उहाँलाई सक्दो सहयोगका लागि नगर प्रमुख सरावगीले सबैमा अपिल गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर