घाँसे मैदानमा फसेको श्री एयरलाइन्सको जहाजको पांङग्रा निकालिदैँ — OSNepal

घाँसे मैदानमा फसेको श्री एयरलाइन्सको जहाजको पांङग्रा निकालिदैँ

LC (KTM) October 05, 2021 0

काठमाडौं १९ असोज । विभान स्थलको घाँसे मैदानमा धसिएको श्री एयरलाइन्सको जहाजलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ ।

आज बिहान त्रिभुवन विमानस्थलको पार्किङ स्थानबाट धावनमार्गतर्फ जाने क्रममा घाँसे मैदानमा जहाज धसिएको थियो । दुर्घटना हुनबाट बचेको उक्त जहाजको धसिएको पाङग्रा विभिन्न औजारको सहायताले निकाल्ने प्रयास भइरहेको छ ।

जहाज पार्किङबाट निकाल्ने क्रममा टर्निङको क्रममा जहाजको ब्यालेन्स नमिल्दा तीन मिटरजति जहाज डिस्ब्यालेन्स भएको विमानस्थले जनाएको छ ।

जहाजमा चालक दलका चार सदस्यसहित ८० जना सवार भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर