सम्झौतानुसार निर्माण सम्पन्न नगरेको भन्दै यी सात निमार्ण कम्पनीको नाम पर्यो कालो सुचीमा — OSNepal

सम्झौतानुसार निर्माण सम्पन्न नगरेको भन्दै यी सात निमार्ण कम्पनीको नाम पर्यो कालो सुचीमा

LC (KTM) October 05, 2021 0

काठमाडौं १९ असोज । सम्झौतानुसार निर्माण सम्पन्न नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले सात निर्माण कम्पनीको नाम कालोसूची राखिदिएको छ ।

आयोगले आज मंगलबार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एक सुचना जारी गर्दै ति कम्पनीको नाम कालोसुचीमा राखिदिएको हो ।

कालो सुचीमा पर्नेमा विपीन भेट सेन्टर, रुपन्देहीको कक्षपति निर्माण सेवा, काठमाडौँको रचना ट्रेड इन्टरनेशनल, धादिङको नीलकण्ठ निर्माण सेवा एण्ड सप्लायर्स र भरतपुरको एडभेन्चर÷दि आनन्द जेभी एक÷एक वर्षका लागि कालोसूचीमा परेका छन्।

त्यसैगरी, तीन वर्षको लागि एमएस इण्डो इञ्जिनीयरिङ प्रोजेक्ट कर्पोरेसन र ल्यान्ड्रिङ निर्माण सेवा दुई वर्षसम्मका लागि कालोसुचीमा परेको छ ।

अब यी कम्पनीले तोकिएको समय अवधिभर सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्य गर्न सक्ने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर