ऐश्वर्या रानीलाई च्यान्सलर पदक प्रदान गर्दै प्रधानमन्त्री देउवा – OSNepal

ऐश्वर्या रानीलाई च्यान्सलर पदक प्रदान गर्दै प्रधानमन्त्री देउवा

LC (KTM) October 05, 2021 0

प्रधानमन्त्री शेरबहादुर देउवा मङ्गलबार बालुवाटारमा काठमाडौँ विश्वविद्यालयअन्तर्गत स्कुल अफ आर्ट्सको विकास अध्ययनको स्नातकोत्तर तहमा उत्कृष्ट नतिजा (४.०० जिपिए) ल्याई प्रथम स्थान हासिल गरेकी ऐश्वर्या रानी सिंहलाई च्यान्सलर पदक प्रदान गर्दै । तस्बिरः रोशन सापकोटा÷रासस

मोटरसाइकल चोरी गर्ने पक्राउ-मोटरसाइकल चोरीको आरोपमा स्याङ्जामा चारजना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक हरिप्रसाद पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

विभिन्न मितिमा सात मोटरसाइकल र दुईवटा स्कुटर चोरी गर्ने कार्यमा संलग्न रुपन्देहीका बुटवल उपमहानगरपालिका–१२ बस्ने ३४ वर्षीय विष्णुबहादुर नेपाली, सोही स्थानका २८ वर्षीय प्रकाश सुन्धौली, स्याङ्जाको भिरकोट नगरपालिका–२ बस्ने २० वर्षीय विप्लव श्रेष्ठ र सोही स्थानका २० वर्षीय ज्ञानबहादुर गुरुङ रहेका छन् ।
पक्राउ परेकाहरुलाई चोरी मुद्दा दर्ता गरी स्याङ्जा जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published.