रिसीवीको कारण हत्या गरी रुखमा झुण्डाएको घटनाको मुख्य नाइके काठमाडौंको दरबारमार्ग क्षेत्रबाट पक्राउ — OSNepal

रिसीवीको कारण हत्या गरी रुखमा झुण्डाएको घटनाको मुख्य नाइके काठमाडौंको दरबारमार्ग क्षेत्रबाट पक्राउ

LC (KTM) October 05, 2021 0

काठमाडौं १९ असोज । छिकेमीसँगको पुरानो रिसीवीका कारण अरुलाई सुपारी दिएर हग्या गर्न लगाउने मुख्य व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रपुर ३ गैंडाटार घरभई हाल वडा ४ कप्तान बस्ने ३८ वर्षिय डिल प्रसाद बोलखेल रहेका छन् ।

गत भदौ २६ गते चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैडाटारमा ५० वर्षिय रोहिणी प्रसाद घोरासैनीको हत्या गरी रुखमा झुण्डाएको थियो । सोही घटनाको मुख्य योगजनाकार बोलखेललाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

उनलाई आइतबार काठमाडौँको दरबारमार्ग क्षेत्रबाट पक्राउ गरिएको हो । उनले चन्द्रपुर ३ गैडाटार बस्ने ४५ वर्षिय प्रल्हाल फुयाँलको सहयोगमा सिन्धुली पिपलमाडी गाविस ९ घर भई हाल पर्साको पर्सागढी नगरपालिका ३ सृजनाटोल बस्ने २४ वर्षिय रमेश पहरी र नवलपरासी पूर्व कावासोती नगरपालिका ८ बस्ने २३ वर्षिय सूर्य बहादुर भण्डारीलाई ३ लाख रुपैयाँमा सुपारी दिएर घोरासैनीको हत्या गर्न लगाएको प्रहरीले बताएको छ ।

अहिले उनलाई जिल्ला अदालत गौर बाट ६ दिनको म्याद थमाई हिरासतमा राखी उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस अघिने प्रहरीले घटनामा संलग्न यी तिन जनालाई भने पक्राउ गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर