कहिल्यै निको नहुने रोगबाट पीडित छिन् अभिनेत्री यमी गौतम, आफैले गरिन् खुलासा — OSNepal

कहिल्यै निको नहुने रोगबाट पीडित छिन् अभिनेत्री यमी गौतम, आफैले गरिन् खुलासा

LC (KTM) October 05, 2021 0

काठमाडौं, १९ असोज-भारतीय अभिनेत्री यमी गौतमले आफू वर्षाैंदेखि कहिल्यै ठिक नहुने ‘केराटोसिस पिलारिस’ नामक छालासम्बन्धी समस्यासँग जुधिरहेको खुलासा गरेकी छिन् ।

पछिल्लो समय प्रदर्शनमा आएको ‘भूत पुलिस’ फिल्मका कारण चर्चामा रहेकी यमीले सामाजिक सञ्जालमा नयाँ फोटो पोस्ट गर्दै लेखेकी छिन्, ‘मेरो इन्स्टा परिवारलाई नमस्कार । मैले हालै फोटो सेसन गराएँ । ती फोटाहरूमा मेरो स्क्रिन प्रोब्लम ‘केराटोसिस पिलारिस’ लाई लुकाउन पोस्ट प्रोडक्सनमा पठाउनु थियो, त्यतिबेला मैले सोचें, यमी तँ सत्यलाई किन स्वीकादिनेस् ? जसलाई यो समस्याबारे थाहा छैन, म बताउँछु कि यो रोग लागेपछि स्क्रिनमा छोटाछोटा दाना पलाउँछन् । म त्यही समस्याबाट पीडित छु ।’

उनले आफूलाई यो समस्या टिनएजबाटै सुरु भएको र यसको अहिलेसम्म कुनै उपचार नभएको समेत बताएकी छिन् । ‘मैले वर्षाैंदेखि यो समस्या झेलिरहेकी छु,’ उनले लेखेकी छिन्, ‘अहिले आएर मलाई मैले भोगिरहेको समस्या सबैलाई बताउन मन लाग्यो । सत्यलाई सबैसामु राख्ने हिम्मत गरें । म आफूलाई अद्भूत महसुुस गरिरहेकी छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर