भेडा गोठमा आगलाागी हँदा २५ भेडाका पाठा जलेर नष्ट — OSNepal

भेडा गोठमा आगलाागी हँदा २५ भेडाका पाठा जलेर नष्ट

LC (KTM) October 05, 2021 0

जुम्ला- जुम्लाको हिमा गाउँपालिका–२ स्थित भेडा गोठमा आगलाागी हँुदा २५ भेडाका पाठा जलेर नष्ट भएका छन् ।स्थानीयवासी वीरबहादुर शाहीले सोमबार दिउँसो गोठमा आगलागी हुँदा ती पाठा सहित लत्ताकपडा र भाँडकँुडा जलेर नष्ट भएको जानकारी दिनुभयो ।

चार हजार मिटर उचाइमा रहेको सो गोठमा किसान दत्तबहादुर शाही, धनबहादुर रोकाया सहित १२ जनाका पाठा थिए । किसान रोकायाले नयाँ पाठा अनुदान दिन प्रदेश सरकार समक्ष माग समेत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर