कपिलवस्तुको कृष्णनगरमा फैलियो झाडापखाला,अस्पतालमा उपचार गरिँदै — OSNepal

कपिलवस्तुको कृष्णनगरमा फैलियो झाडापखाला,अस्पतालमा उपचार गरिँदै

LC (KTM) October 05, 2021 0

कपिलवस्तुको कृष्णनगर नगरपालिकाको वडा नं ७, ८,९ मा फैलिएको झाडापखालाबाट बिरामी भएकालाई बेडको अभावमा शिवराज अस्पताल परिसरमा राखेर उपचार गरिँदै । सो अस्पतालमा झाडापखालाका बिरामी ५२ जनालाई भर्ना गरिएको छ भने सात जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको डा मुकेश चौधरीले बताउनुभयो । तस्बिरः माधव बेल्वासे÷रासस

‘नो मास्क, नो सर्भिस’-कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै राजविराजमा माक्स प्रयोग सुनिश्चितता शुभारम्भ गरिएको छ । प्रदेश–२ सरकारका समाजिक विकास मन्त्रालय तथा युनिसेफ र लाइफ नेपाल धनुषाका सहयोगमा यहाँ स्थित गजेन्द्र चौकमा आजदेखि सो अभियान सुरु गरिएको हो । कार्यक्रममा ‘नो मास्क, नो सर्भिस, नो मास्क, नो टक, नो मास्क इन्ट्री’ नाराका साथ प्रदेश सरकारले कोरोनाबाट जोगाउन नागरिकहरुलाई मास्क वितरण गर्न लागिएको जानकारी दिइएको थियो ।

प्रदेश सरकारका समाजिक विकासमन्त्री नवलकिशोर साहले कोरोना महामारीबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले गरिब जनताका लागि प्रदेश सरकारले निःशुल्क मास्क उपलब्ध गराउने जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले दसँै, तिहार तथा छठ पर्वमा भीडभाड कमी गर्न र टोलटोलमा मास्कको प्रयोगबारे अभियान जारी राख्न आग्रह गर्नुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवको अध्यक्षतामा आयोजना गरेको कार्यक्रममा राजविराज नगरपालिका नगरप्रमुख शम्भु यादव, प्रदेश नं २ निर्देशनालय स्वास्थ्य निर्देशक विजयकुमार झा, नागरिक समाज थान सिंह भन्साली, प्रमुख साधना झा, नेपाल रेडक्रस सोसाइटी अध्यक्ष जोगेन्द्र भगत र सुरक्षा निकाय सप्तरी युथ नेपाल सबल नेपाल युनिसेफलगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो । यसैगरी तपाईंको मास्क खै ? भन्दै उहाँहरुले निःशुल्क मास्क वितरणसमेत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर