भिटामिनले भरिपूर्ण करेलाका जुस खानुका यस्ता छन् कयौँ फाइदा — OSNepal

भिटामिनले भरिपूर्ण करेलाका जुस खानुका यस्ता छन् कयौँ फाइदा

LC (KTM) October 05, 2021 0

स्वादमा तीतो हुने भएकोले धेरैलाई करेला मन नपर्न सक्छ । करेलामा धेरै प्रकारका गुणहरु छन् । परम्परागत चिकित्साको रुपमा करेला अत्याधिक प्रयोग हुने गर्दछ । करेलाको जुस पिउनाले विभिन्न स्वास्थ्य समस्याहरुबाट छुटकारा पाउन सकिन्छ ।

ब्लड सुगर कम गर्छ
बिहान खाली पेटमा एक गीलास करेलाको जुस पिउनाले रगतमा रहेको चिनीको मात्रा कम हुन्छ । करेलाको जुसमा मोमोर्सिडिन र केरेटिन नामका एण्टिहाईपरग्लाईसेमिक तत्वहरु हुन्छन् जसले रगतमा चिनीको मात्रालाई कम गर्दछ ।

भोक जगाउँछ
यदि तपाईँलाई भोक कम लाग्दछ भने पक्कैपनि तपाईँको शरिरमा पोशक तत्वको कमी हुन्छ जसले बिभिन्न किसिमका रोगहरुलाई निम्त्याउँछ । यस्तो अवस्थामा एक गिलास करेलाको जुसले पाचन प्रणालीलाई सक्रिय बनाउन मद्दत गर्दछ र भोक लाग्दछ । यी बाहेक पनि करेलाको जुसको अनगिन्ति फाइदाहरु छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर