३३ किलो सुन तस्करी प्रकरण : आठ जना दोषी ठहर , गोरेसहित ६ जनालाई जन्म कैदको फैसला — OSNepal

३३ किलो सुन तस्करी प्रकरण : आठ जना दोषी ठहर , गोरेसहित ६ जनालाई जन्म कैदको फैसला

LC (KTM) October 05, 2021 0

काठमाडौँ १९ असोज । ३३ किलो सुन तस्करी प्रकरणमा ६ जनालाई जन्मकैद सजाय र थप दुई जनालाई तीन वर्ष र ६ महीना कैद सजाय सुनाइएको छ ।
अन्यले सफाई पाएका छन् ।

भरिया सनम शाक्यको हत्यामा संलग्न ८ जना दोषीलाई सजाय सुनाइएको हो । जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले ६ जनालाई जन्मकैदको सजाय सुनाएको हो।

जन्मकैद पाउनेमा गोरे भनिने चुडामणि उप्रेती, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले नरेन्द्र कार्की र भोजराज भण्डारी रहेका छन् । यसैगरी, राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजाय तोकिएको छ।

२०७४ साल माघमा यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै नेपाल भित्र्याइएको ३३ किलो तस्करीको सुन सम्बन्धित व्यक्तिमा नपुगी गायब भएको थियो । सोसँगै भरिया सनम शाक्यको हत्या भएको थियो ।

अपहरण तथा शरीर बन्धकमा भने गोरे मात्र दोषी ठहर भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर