खेल जस्तो सुकै होस् बस अंक चाहियो – मुख्य प्रशिक्षक अल्मुताइरी,, श्रीलंका बिरुद्ध नेपालले गोल गर्दा खुशीले यसरी नाचे — OSNepal

खेल जस्तो सुकै होस् बस अंक चाहियो – मुख्य प्रशिक्षक अल्मुताइरी,, श्रीलंका बिरुद्ध नेपालले गोल गर्दा खुशीले यसरी नाचे

LC (KTM) October 05, 2021 0

माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा नेपालले लगातार जित निकाले पछि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी एकदमै खुशी भएका छन् । सोमबार राति श्रीलंका बिरुद्ध पहिलो गोल गर्ने बित्तिकै उनी यति खुशी थिए उनले नाचेको भिडियो अहिले सामाजिक सञ्जालमा निक्कै भाइरल भइरहेको छ । हिजोको खेलमा नेपालले श्रीलंका बिरुद्ध तीन दुई गोल अन्तरको जित निकालेको हो । त्यसपछि प्रतिक्रिया दिदै उनले साफ जस्तो ठूलो खेलमा स्पष्ट ३ अंक बटुल्न सक्नु भनेको महत्वपूर्ण कुरा रहेको बताए ।

उनले खेलाडीको प्रर्दशन संग आफुलाई मतलब नभएको र अहिले आफुलाई नतिजा मात्र चाहिएको बताए । प्रतियोगितामा प्रदर्शन मतलब नुहने भन्दै आफुलाई अंक चाहिएको बताए । तरअल्मुताइरीले मैत्रीपूर्ण खेल हो भएको भए त्यहाँ प्रदर्शन महत्त्वपूर्ण हुने पनि बताए । उनले श्रीलंका र माल्दिभ्सविरुद्धको खेल कसैलाई मन नपरे पनि आफु दुखी नभएको बताए ।

भारत संगको खेलमा भारतले बल पोसेसन ९० प्रतिशत कायम गरे पनि जित्न पाए आफुलाई पुग्ने बतए । लगातार दुई जितपछि नेपालले ६ अंक जोडेको छ। शीर्ष स्थानमा उक्लिएको नेपाल फाइनल नजिक समेत पुगेको छ । तेस्रो खेलमा नेपालले भारतविरुद्ध आइतबार प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर