दशैँका लागि हिमालपारिबाट पोखरा ल्याइयो च्याङ्ग्रा — OSNepal

दशैँका लागि हिमालपारिबाट पोखरा ल्याइयो च्याङ्ग्रा

LC (KTM) October 05, 2021 0

दशैँका लागि लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट ल्याइएका च्याङ्ग्रा बेनी हुँदै पोखरातर्फ लगिँदै ।

काठमाडौँ र भैरहवाबीचको खेल रद्द-एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत काठमाडौँ किंग्स–११ र भैरहवा ग्लाडिएटर्सबीच आजका लागि तय भएको लिगको अन्तिम खेल रद्द भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तय भएको उक्त खेल मैदानको आउटफिल्ड भिजेका कारण खेल्न योग्य नभएपछि खेल रद्द भएको हो । खेल रद्द भएसँगै दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् ।

यससँगै सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौँ किङ्स–११ प्ले अफमा प्रवेश गरेको छ । काठमाडौँ चौथो स्थानमा रहँदै प्ले अफमा पुगेको हो । काठमाडौँले ५ खेलमा ३ अङ्क जोड्यो । ललितपुर प्याट्रियट्सले समान ३ अङ्क जोडे पनि काठमाडौँ नेट रन रेटका आधारमा प्ले अफमा पुगेको हो ।

लिगमा आठ अङ्क जोडेको चितवन टाइगर्स पहिलो स्थानमा छ भने सात अङ्क जोडेको पोखरा दोस्रो स्थानमा छ । त्यस्तै समान सात अङ्क नै जोडेको भैरहवा नेट रन रेटका आधारमा तेस्रो स्थानमा छ ।

साबिक विजेता ललितपुरसँगै दोस्रो संस्करणको विजेता विराटनगर वारियर्स भने प्रतियोगिताको लिग चरणबाटै बाहिरिएका छन् । भोलि बिहान ९ः१५ बजे चितवन टाइगर्स र पोखराबीच पहिलो क्वालिफायर खेल हुनेछ ।

त्यस्तै काठमाडौँले भैरहवासँग इलिमिनेटर खेल खेल्नेछ । उक्त खेल भोलि दिउँसो १ः३० बजे हुनेछ । प्रतियोगिताको विजेता टोलीले रु ५० लाख तथा उपविजेताले रु १५ लाख पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर