यि हुन् रुख कटहर खाँदा विभिन्न फाइदाहरु — OSNepal

यि हुन् रुख कटहर खाँदा विभिन्न फाइदाहरु

LC (KTM) October 05, 2021 0

काठमाडौं । फल र तरकारीको रुपमा प्रयोग गर्न मिल्ने रुख कटहर स्वास्थ्यका लागि लाभदायिक मानिन्छ । रुख कटहरको फल मात्र नभई बियाँसमेत उत्तिकै पौष्टिक तथा गुणकारी मानिन्छ । रुखकटहरमा थुप्रै पौष्टिक तत्व पाइनछ । यसमा भिटामिन ए, सी, थाइमिन, पोटासियम, क्याल्सियम, आइरन, नियासिन एवं जिंकजस्ता थुप्रै तत्व पाइन्छन् । यसमा फाइबर पनि प्रशस्त पाइन्छ ।

यसमा कत्ति पनि क्यालोरी हुँदैन । पाकेको कटहरको गुदीलाई राम्रोसँग मिचेर पानीमा उमाल्ने । सेलाएपछि यसको गिलास पिउँदा शरीरमा ताजगी पैदा हुन्छ । यो मुटुरोगीका लागिसमेत उपयोगी मानिन्छ ।रुखकटहरमा पोटासियम पाइने भएकाले यसले मुटुका हरेक समस्यामा राम्रो गर्छ । यसले रक्तचाप कम गराउँछ । रुख कटहरमा पर्याप्त आइरन पाइन्छ तसर्थ यसको सेवन गर्दा एनिमिया हुन पाउँदैन । शरीरमा रक्तसञ्चार समेत राम्रो पार्छ ।

रुख कटहरको जरा दमको रोगीका लागि लाभदायक मानिन्छ । यसको जरालाई पानीमा मज्जासँग उमालेर त्यसलाई छानेर पिउँदा दम नियन्त्रण हुन्छ । थाइराइड रोगीका लागि पनि यो हितकारक हुन्छ । यसमा पाइने सूक्ष्म खनिज तथा कपरले थाइराइड रोगीलाई फाइदा र्पुयाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर