दँशैको मुखैमा आगलागीमा परी जले २५ भेडाका पाठा , चिन्तामा भेडा किसान — OSNepal

दँशैको मुखैमा आगलागीमा परी जले २५ भेडाका पाठा , चिन्तामा भेडा किसान

LC (KTM) October 05, 2021 0

जुम्ला, १९ असोज-हिमा गाउँपालिका–२ को लेकमा रहेको छोटा खर्कमा आगलागी हुँदा भेडाका २५ वटा पाठा जलेर नष्ट भएका छन् । दिउँसो खर्कमा कोही नभएको बेला आगो लागेका कारण धेरै नै क्षति भएको हो ।

खर्कमा रहेका भेडाका २५ पाठा जलेर नष्ट भएको किसान वीरबहादुर शाहीले बताए । उनले भने, ‘दिउँसो खर्कमा कोही नभएको बेला आगलागी हुँदा खर्क पुरै जलेर नष्ट भयो । भेडाका पाठा, २० वटाभन्दा बढी राडी कम्बल अन्य लगाउने र बिछ्याउने लत्ताकपडालगायत सबै समान जलेर नष्ट भएका छन् ।

भेडापालक किसान दत्तबहादुर शाहीका तीन, धनबहादुर रोकायाका तीनसहित १२ किसानका २५ भेडाका पाठा जलेर मरेको बतए । भेडा किसानले क्षति भएको विवरण बड्की प्रहरी चौकीलाई दिएको शिक्षक खम्बा शाहीले बताए ।

करिब चार हजार मिटर उचाईमा रहेको खर्क नै जलेर नष्ट भएपछि ओत लाग्ने स्थान समेत छैन । खुला आकाशमा आगो बालेर राति कटाउने गरेको किसानहरूको दुखेसो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर