अमिताभ बच्चन कै अगाडी एक महिलाले तिम्रो बुहारी संग जलन हुन्छ भनेपछि — OSNepal

अमिताभ बच्चन कै अगाडी एक महिलाले तिम्रो बुहारी संग जलन हुन्छ भनेपछि

LC (KTM) October 05, 2021 0

भारतमा एकदमै चलेको रियालिटी शो मध्ये एक हो अमिताभ बच्चनको कौन बनेगा करोड पनि अर्थात केबीसी । उनको यस शो मा चलेका सेलीब्रेटी देखी लिएर एकदमै ट्यालेन्ट प्रतिष्पर्धीहरु समेत आउने गरेका छन् । आउने पाहुनाहरु संग अमिताभ बच्चन एकदमै हाँसी मज्जा गरिरहेका हुन्छन् भने कहिले एकदमै सिरियस पनि बनेको देख्न सकिन्छ । यसैक्रममा केबीसीको सिजन १३ मा एक यस्तो प्रतिष्पर्धी संग भेट भएको छ जहाँ अमिताभ बच्चन एकछिन त छक्कै परे ।

आउँदो एपिसोडको एक प्रोमो मा एक महिलाले अमिताभ बच्चनको परिवार लाई लिएर केही कुरा बताए पछि छक्क परेका थिए अमिताभ । हटसिटमा बसेकी एक प्रतियोगीले अमिताभ बच्चनको अगाडि नै उनकी बुहारी ऐश्वर्या रायलाई देखेर आफुलाई एकदमै जलन हुने गरेको बताईन् । प्रतियोगी दिव्या सहाय ले अभिताभसँग भन्छिन् मलाई तपाईंकी बुहारी सँग असाध्यै जलन हुन्छ । यो सुनेर अमिताभ एकछिन अचम्मित हुन्छन् । आनि अमिताभले जलन हुनुको कारण सोध्छन् ।

दिव्याले उनको जिज्ञासाको उत्तर दिदै भन्छिन् ‘सय वर्षमा कोही महिला यती सुन्दर जन्मिन्छिन् ।’ दिव्याको यस्तो कुरा सुनिसयके पछि उनले धन्यवाद फर्काउँछन् । ऐश्वर्या रायले पेरिस फेसन विक २०२१ मा आफ्नो सौन्दर्यतालाई फेरी बिश्वभर छरेकी छिन् । फेसन विकमा सहभागी भएको उनको तस्बिरले यतिबेला सामाजिक सञ्जाल पुरै तताई दिएको छ । सेतो पहिरनमा ऐश्वर्याले यस विकमा र्याम्प वक समेत गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर