बाघको आक्रमणबाट वेपत्ता भएका २५ वर्षीय दिनेश शव फेला — OSNepal

बाघको आक्रमणबाट वेपत्ता भएका २५ वर्षीय दिनेश शव फेला

LC (KTM) October 05, 2021 0

चितवन १९ असोज । बाघको आक्रमणबाट वेपत्ता भएका एक युवकको शव फेला परेको छ । जिल्लाको कुमरोज सामुदायिक वनमा आज बिहान बाघको आक्रमणबाट वेपत्ता युवकको शव फेला परेको हो ।

शव खैरहनी नगरपालिका वडा नम्बर १३ निवासी २५ वर्षीय दिनेश बोटेको रहेको प्रहरीले जनाएको छ । निकुञ्ज प्रशासनको पहलमा ८ वटा हात्ती सहित प्रहरी , सेना लगायतको टोलिले खोजीकार्य गरेको हो । ५६ जनाको समुहमा रहेका बोटेलाई बाघले आक्रमण गरेको हो ।

उनको शव बाघले आक्रमण गरेको १०० मिटर पर झाडीमा फेला परेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर