बच्चादेखि वृद्धसम्मलाई फाइदाजनक बट्टाईको अन्डा र मासु — OSNepal

बच्चादेखि वृद्धसम्मलाई फाइदाजनक बट्टाईको अन्डा र मासु

LC (KTM) May 22, 2021 0

बाँकेको खजुरामा पालेको बट्टाई । बट्टाईको अन्डा र मासुलाई पौष्टिक खाद्य पदार्थ मानिन्छ । यसको मासुभन्दा पनि अन्डा निकै स्वास्थ्यबर्धक हुन्छ । बट्टाईको अन्डा स्वास्थ्यका हिसाबले बच्चादेखि वृद्धसम्मलाई फाइदाजनक खुराक मानिन्छ । तस्वीर ः मेनका चौधरी,

सभापति देउवाद्वारा आचार्यको निधनप्रति दुःख व्यक्त:- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य तथा वरिष्ठ पत्रकार माधव आचार्यको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । आचार्यको आज काठमाडौंको कपनस्थित आफ्नै निवासमा ८० वर्षको उमेरमा निधन भएको हो । सभापति देउवाले आज शोक वक्तव्यमार्फत उहाँले लोकतन्त्रका पक्षमा पु¥याउनु भएको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

जनकपुरबाट प्रकाशित हुने जनआकांक्षा साप्ताहिक र आकांक्षा दैनिकका सम्पादक आचार्य क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । विसं २०३६ मा जनमत संग्रहका बेला जनआकांक्षा साप्ताहिकले कांग्रेसको पक्षमा लेख र रचनाहरु प्रकाशित गर्नुका साथै बहुदलको पक्षमा उल्लेखनीय कार्य गरेको थियो । सभापति देउवाल उहाँको निधनबाट कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको उल्लेख गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर