साढे ३३ किलो सुन प्रकरणमा विमानस्थलका कर्मचारी देखि एसएसपी सम्मका ४८ जनाले पाए सफाइ (नामावलीसहित) — OSNepal

साढे ३३ किलो सुन प्रकरणमा विमानस्थलका कर्मचारी देखि एसएसपी सम्मका ४८ जनाले पाए सफाइ (नामावलीसहित)

LC (KTM) October 05, 2021 0

काठमाडौं १९ असोज । साढे ३३ किलो सुन प्रकरणमा ४८ जनाले सफाइ पाएका छन् । आज मंगलबार बसेको जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको एकल इजलासले ६ जनालाई भने जन्मकैदको सजाय सुनाएको छ ।

७७ जनालाई प्रतिवादी बनाएर दायर गरिएको मुद्धामा ५६ जना पक्राउ परेका मध्ये आज ४८ जनाले सफाइ पाएका हुन् । फरार २१ जना प्रतिवादीको मुद्दा मुल्तबीमा राखिएको छ । मोरङ उर्लाबारीका भरिया सनम शाक्यको हत्याको अभियोग समेत लागेका ६ जनालाई जन्मकैदको फैसला सुनाइएको हो ।

सफाई पाउने तत्कालीन एसएसपी (हाल डीआईजी) दिवेश लोहनी, एसएपपी श्याम खत्री, एसपी विकासराज खनाल, डीएसपीद्वय सञ्जयबहादुर राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेल, पूर्व डीआईजी गोविन्द निरौला, प्रहरी जवान अमरबहादुर थापा मगर र प्रहरी हवल्दार विष्णुबहादुर खड्का रहेका छन् ।

यसैगरी , विमानस्थलमा कार्यरत कर्मचारी, सुन व्यापारमा संलग्न आरके ज्वेलर्सका सञ्चालक आरके भनिने राजेन्द्रकुमार शाक्य, व्यापारी विमल पोदार, भुजुङ गुरूङ, डेबिट भन्ने छिरिङ बाङले घले, गोरेकी श्रीमती निरु भन्ने नर्वदा खरेल उप्रेती, चाचाजी भन्ने चेतनाथ भण्डारी, र प्रमोदबहादुर श्रेष्ठ,हरिशरण खड्का, भूपालकुमार श्रेष्ठ, तक्ले भन्ने पुण्यप्रसाद तामाङ, चन्दन भनिने वीरेनमान श्रेष्ठ, दोराम खत्री, बालकुमार श्रेष्ठ, हेमन्त गौतम, कपिलराज पुरी, एलबी भन्ने लालबहादुर मगर, समिरप्रसाद तोलाङ्गे, राजु महर्जन, बेनु श्रेष्ठ, सुनिल श्रेष्ठ, रोशन भुलास, रामहरि कार्की, गीता श्रेष्ठ, राजन थापा, तुलाराम थारु रहेका छन् ।

त्यस्तै ,अमरमान ढंगोल, मोतीराम श्रेष्ठ, विनोद अधिकारी, मदन सिलवाल, रामकुमार तिवारी, फालदुङ गुरुङ, रेवत भन्ने रेवन्तकुमार आचार्य, सञ्जय खेतान भन्ने प्रभाल अग्रवाल, आरडी भनिने राजकुमार दारुक, इन्दीराज उदिन, सलमान खान भन्ने सौचा, अकलबर साह र मालदाइ भन्ने बालकुमार खड्का रहेका छन् ।

जन्मकैद पाउने गोरेका सवारी चालक टेकराज मल्ल ठकुरी, सहयोगी लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी रहेका छन् । जसमा राजन कुमार र मदनप्रसाद घिमिरेलाई तोकिएको ३ वर्ष र ६ महिना भुक्तानी भइसकेकोले आज छुटेका छन् ।

फरार रहनेमा सुरेन्द्र गौतम, मोहम्मद सुस्तम मिया, युकबहादुर मगर, रोहित आचार्य, भविन भनिने भवित तामाङ, कृष्ण बस्नेत, मोहनकुमार अग्रवाल, कला भनिने सुनिलकुमार अग्रवाल, कृष्णगोपाल अग्रवाल र रमेश उप्रेती, कलम कार्की, मणिराज चौलागार्इं, शिवकुमार गुभाजु, अर्जुनप्रसाद खरेल, प्रयास पराजुली, सञ्जय अधिकारी, समिर अधिकारी, माधव आचार्य, ओमप्रकाश नेवार, आरबी भन्ने सन्दीप खड्का रहेका छन् ।

२०७४ साल माघमा यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै नेपाल भित्र्याइएको ३३ किलो तस्करीको सुन सम्बन्धित व्यक्तिमा नपुगी गायब भएको थियो । सोसँगै भरिया सनम शाक्यको हत्या भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर