• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

विदेशमा ऋण लिनेले नेपाली बैंकको ग्यारेन्टी पाउने

विदेशमा ऋण लिनेले नेपाली बैंकको ग्यारेन्टी पाउने


  • ओएसनेपाल
  • असोज १९ २०७८, मंगलबार
  • ३:१३ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 1.2K
    SHARES

    काठमाडौँ, १९ असोज – विदेशी मुद्रामा आम्दानी गरेका नेपाली फर्म, कम्पनी, सङ्घ, संस्था, निकायलाई विदेशमा कारोबार सञ्चालन गरी नेपालमा थप विदेशी मुद्रा भित्र्याउन सहज भएको छ ।नेपाल राष्ट्र बैंकले आज एक सूचनामार्फत विदेशमा समेत ऋण लिन चाहनेलाई नेपाली बैंकले पनि ग्यारेन्टी जारी गर्न पाउने व्यवस्था गरेको कार्यकारी निर्देशक रामु पौडेलले जानकारी दिनुभयो । सो व्यवस्थाले नेपाली फर्म तथा कम्पनीलाई थप सहज हुने भएको छ । नेपाली बैंकले ग्यारेन्टी बसेर ऋण लिन पाउने भएपछि विदेशी मुद्रा भित्र्याउन सहज भएको हो ।

    केन्द्रीय बैंकले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दैै यस्तो व्यवस्था गरेको जनाएको छ । बैंक ग्यारेण्टी वा ‘स्ट्याण्डवाइ लेटर अफ क्रेडिट’को अधिकतम सीमासमेत तोकेको छ । त्यस्तो सटही सुविधा लिएपछि विदेशमा भएको कारोबारबाट विदेशी मुद्रा नेपाल भित्रिएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । (रासस)

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend