• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

परम्परागत अलैंची भट्टीको भरमा कृषक काँचो दाउरा, धुँवासँगै कृषकहरूले अलै‌ची तयार गर्न बाध्य

परम्परागत अलैंची भट्टीको भरमा कृषक काँचो दाउरा, धुँवासँगै कृषकहरूले अलै‌ची तयार गर्न बाध्य


  • ओएसनेपाल
  • असोज १९ २०७८, मंगलबार
  • ३:४६ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 1.2K
    SHARES

    तेह्रथुम, १९ असोज- तेह्रथुमको ग्रामिण क्षेत्रका किसानहरू परम्परागत भट्टीबाटै अलैंची तयारी गर्दै आएका छन् । अलैंचीको बगानमा बनाइएका भट्टीहरूमा यहाँका किसानहरूले अलैंची तयारी गर्दै आएका हुन् ।

    आधुनिक भट्टीको बारे जानकारी नभएकोले परम्परागत भट्टीबाटै तयारी गर्दै आएको छथर गाउँपकालिका-२ का देबी लिम्बुले बताए । ‘गाउँघरमा आधुनिक प्रविधिको भट्टीको महत्व र फाइदाको ज्ञान नभएकाले हामी परम्परागत रूपमै तयारी गर्दै आएका छौँ’, उनले भने । काँचो दाउरा, धुँवासँगै कृषकहरूले अलै‌ची तयारी गर्दै आएका छन् ।

    टिपेर तयारी गरेको अलैंची भट्टीमा सुकाउने गरेको रनमाया लिम्बुले बताइन् । उनी भन्छिन्, ‘पानीले भिजेको दाउराको भरमा अलैंची तयार गर्नुपर्छ । घण्टौँ समय लगाएर तयार गरेको अलैंचीलाई व्यापारीले गुणस्तरीय नभएको भन्दै मूल्य पनि कम दिने गरेका छन्।’

    परम्परागत भट्टीमा धेरै समय लाग्ने र गुणस्तरयुक्त पनि नहुने समस्याले किसान पीडित बन्दै आएका छन् । ग्रामिण क्षेत्रका किसानहरूलाई आधुनिक प्रविधिको भट्टीबारे ज्ञान नहुँदा परम्परागत रूपमै अलैंची तयारी गर्दै आएका छन् । किसानले पाँच रोपनीदेखि ५० रोपनीसम्म क्षेत्रफलमा अलैंची खेती गर्दै आएका छन् । जिल्लाको दुई नगरपालिका र चार गाउँपालिकमा अलैंची खेती विस्तार भएको छ । तेह्रथुममा सात सय २३ हेक्टरमा अलैंचीको खेती हुँदै आएको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend