मुश्किल क्षणमा शाहरुख खानलाई सलमान खानको मिल्यो साथ , अरु कलाकारलाई पनि यसरी गरेका छन् सलमानले सहयोग — OSNepal

मुश्किल क्षणमा शाहरुख खानलाई सलमान खानको मिल्यो साथ , अरु कलाकारलाई पनि यसरी गरेका छन् सलमानले सहयोग

LC (KTM) October 05, 2021 0

बलिउडका स्टार सलमान खानको मन कति बेला पलाउँछ कति बेला कठोर बन्छ थाहै हुदैन । तर उनलाई बुझ्नेहरुले एकदमै खुल्ला हृदय भएका ब्यक्तिको रुपमा चिन्ने गर्छन् । उनले कैयौ ब्यक्तिलाई सहयोग गरेका छन् । त्यो पनि बिना सर्त आफैले सहयोग गर्ने गरेका हुन् । आज हामी सलमान खानले आफ्ना साथीहरुलाई गरेको सहयोगका बारेमा तपाईहरुलाई जानकारी दिदैछौ ।

राखी सावन्त जब बिग बोस १४ मा आएकी थिईन् । उक्त समयमा उनको स्वास्थ्य अवस्था एकदमै खराब रहेको थियो । राखीको आमाको क्यान्सर थियो जसको अपरेसन गर्न एकदमै जरुरी रहेको थियो । राखी बिग बोसको घरमा रहेकी थिईन् । उनी संग आमाको अपरेसन गर्नका लागि पैसा थिएन । यसैबेला सलमानले उनको आमाको ईलाजको ब्यवस्था मिलाई दिएका थिए । त्यस्तै अघिल्लो साल कोरियोग्राफर रेमो डिसुजालाई हृदयघात भएको थियो जसका कारण उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

इलाजको बेला सलमानले रेमो लाई एकदमै सर्पाेट गरेका थिए । रेमो अस्पताल बाट डिस्चार्ज भएपछि उनकी आमाले इन्ष्टाग्राममा पोष्ट गरेर सलमानलाई धन्यबाद दिएकी थिईन् । चर्चित नायक आमिर खानलाई पनि एकदमै सहयोग गरेका थिए सलमान खानले । जब आमिरको पहिलो पत्नी रीना दत्ता संग डिभोर्स भएको थियो त्यो बेला पनि सलमानले आमिरलाई ठुलो साथ दिएका थिए । आमिरले त्यति खेरै सलमान भित्रको राम्रो मानबियता देखेका थिए ।

त्यस्तै कोरीयोग्राफर सरोज खानलाई जब काम बिहिन भएको अवस्था थियो त्यतिबेला काम दिएर ठुलो गुन लगाएका थिए । त्यस्तै सलमान खान र शाहरुख खान प्रोफेश्नल लेभल भन्दा बढी पर्सनल लेभलमा एकदमै राम्रो दोस्ती रहेको छ । शाहरुख खानका छोरा आर्यन खान ड्रग्स केसमा फसेका बेला आईतबार सलमान खान आफै शाहरुख खानको घरमै पुगेर सान्त्वना दिएका थिए । त्यस्तै फराज खानलाई जब ब्रेन इन्फेक्शन तथा निमोनिया भएको थियो त्यतिबेला उनको सबै अस्पताल खर्चको बिल सलमानले नै तिरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर