यि हुन् ड्रग्स केसमा सोधपुछमा परेका बलिउडका चर्चित स्टारहरु — OSNepal

यि हुन् ड्रग्स केसमा सोधपुछमा परेका बलिउडका चर्चित स्टारहरु

LC (KTM) October 05, 2021 0

मुम्बई बाट गोवा जाने क्रुज शिपमा ड्रग पार्टीलाई एनसीबीद्धारा भण्डाफोर गरेको छ । शनिबार मुम्बई देखी गोवा जाने क्रुज शिपमा एनसीबीका अधिकारीहरुले छापा मारेका हुन् । यस पार्टीमा बलिउडका सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान पनि सहभागि भएका थिए । आर्यन शाहरुख खानका छोरा भएकोले गर्दा उनको करियरमा धब्बा लाग्न सक्ने अनुमान गरिएको छ ।

शाहरुख खानका छोरा मात्र हैनन् यसअघि बलिउडका एकदमै चलेका स्टारहरु समेत ड्रग केसमा फसेका छन् । सुशान्त सिंह राजपुतको मृत्यु प्रकरण पछि ड्रग्स कनेक्सनमा एनसीबीले बलिउडका चलेका स्टारहरु संगै सोधपुछ गरेको थियो । मुम्बई बाट गोवा गईरहेको आलीशान क्रुजमा ड्रग्स पार्टीमा शाहरुख खानका छोरा आर्यन खानको नाम बाहिर आए संगै बलिउड पुरै तरंगित भएको छ । एनसीबीले त्यहाँ बाट ड्रग्स बरामद गरेको थियो । एनसीबीले आर्यन संग सोधपुछ गरिरहेको छ ।

आर्यनले एनसीबीका अधिकारीहरु संग आफुलाई गेस्टको रुपमा क्रुजमा बोलाएको तथा आफुलाई कुनै पनि पैसा नलिएको उनले बताएका छन् । आर्यनले दाबी गरेका छन् कि पार्टीको अर्गनाइजरले उनको नाम प्रयोग गरेर धेरै जनालाई पार्टीमा बोलाएको थियो । यस मामलामा एनसीबीले आर्यनको फो जफत गरेको छ ।

साथै उनको च्याट एकदमै शुक्ष्म ढंगले अध्ययन गरिरहेको छ । त्यस्तै सुशान्तको मृत्यु पछि जोडिएको ड्रग्स केसमा उनकी गर्लफ्रेण्ड तथा अभिनेत्री रिया चक्रवर्ती , सैफ अली खानकी छोरी सारा अली खान, श्रद्धा कपुर, अर्जुन रामपाल , रकुल प्रीत , दीपिका पादुकोण, भारती सिंह तथा उनका श्रीमान् हर्ष लिंबाचिया लगायत एनसीबीको सोधपुछमा परिसकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर