त्यत्रो ठुलो क्रुजमा सिर्फ आर्यन खान मात्रै घुमिरहेका थिए , यो त अति भयो भन्दै जंगीए मीका सिंह — OSNepal

त्यत्रो ठुलो क्रुजमा सिर्फ आर्यन खान मात्रै घुमिरहेका थिए , यो त अति भयो भन्दै जंगीए मीका सिंह

LC (KTM) October 05, 2021 0

शाहरुख खानका छोरा आर्यन खानलाई ड्रग्स केसमा पक्राउ परेका छन् । यस मामलामा सोमबार भएको अदालतको सुनवाइमा पनि आर्यन खानलाई जमानत मिलेन । उनलाई अक्टोबर ७ तारिक सम्मको हिरासतमा राख्ने आदेश भएको छ । यो मुश्किलको घडीमा रहेका बलिउडका सेलीब्रेटी शाहरुख खानलाई पुरा सर्पाेटहरु मिलिरहेको छ । सलमान खान, पुजा भट्टा, अलबिरा खान जस्ता धेरै सेलिब्रेटीहरु जस्तै सुपरस्टार सिंगर मीका सिंहले पनि शाहरुखानका छोरा आर्यनको सर्पाेटमा आएका छन् ।

ड्रग्स मामलामा सेटायर हान्दै मीकाले आफ्नो ट्वीटर ह्याण्डलमा एक पोष्ट लेखेका छन् । उनले लेखेका छन्– वाह , कति राम्रो कोर्डेलिया क्रुज । काश म यहा गएको भए । मैले सुनेको थिए कि त्यहाँ एकदमै धेरै ब्यक्तिहरु थिए । तर आर्यन खान बाहेक अरु कोही देखेनन् । यत्रो ठुलो क्रुजमा सिर्फ आर्यन खान मात्र थिए हद हुन्छ नि । त्यस्तै पुजा भट्टले पनि शाहरुख खानलाई सर्पाेट गरेकी छिन् । उनले ट्वीटर ह्याण्डलमा लेखेकी छिन्– म तपाईको साथमा रहेको छु शाहरुख, यसकारण हैन कि तपाईलाई यसको जरुरत छ , त्यसका लागि हो कि यो सबै खराब समय बितेर जाओस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर