पाँचथरमा राप्रपाको प्रदेशसभाको मञ्चमा मच्चियो बबाल, माइक खोसेर आक्रमणमा उत्रिएपछि बक्ता नै टाप कसे — OSNepal

पाँचथरमा राप्रपाको प्रदेशसभाको मञ्चमा मच्चियो बबाल, माइक खोसेर आक्रमणमा उत्रिएपछि बक्ता नै टाप कसे

LC (KTM) October 05, 2021 0

पाँचथरमा राष्ट्रिय प्रजातन्त्र पाटी राप्रपा को प्रदेशसभा भेलामा बबाल मच्चिएको छ । कार्यक्रमलाई संबोधन गरिरहेका केन्द्रिय सदस्यलाई जिल्ला सदस्यले माइक घोसेर आक्रमणमा उत्रिए पछि बबाल मच्चिएको हो । केन्द्रीय सदस्य मदन पोखरेलले पार्टीका संस्थापक नेता पद्मसुन्दर लावती विरुद्ध बोलेपछि मञ्चमै बबाल भएको थियो । केन्द्रीय सदस्य पोखरेलले कार्यक्रममा सम्बोधन गरिरहेका बेला जिल्ला सदस्य गोपाल राईले माइक थुतेर तोडफोडमा उत्रिएका थिए ।

राईले माइक र कुर्सी फ्याकेपछि पोखरेल मञ्चबाट टाप कसेका थिए । राई आक्रमणमा उत्रिए पछि कार्यक्रम पुरै तनावग्रस्त भएको थियो । हिजो राप्रपाका संस्थापक नेता पद्मसुन्दर लावतीकै पछि लागेर ब्यक्तिगत फाईदा लिनेहरुले लावती बिरुद्ध नै बोलेपछि आफुलाई चित्त नबुझेको राईले प्रतिक्रिया दिएका छन् । पार्टी एकता विपरीतको धारणा आएपछि आफुलाई नपचेको उनको भनाई छ ।

हिजो लावतीकै आशीर्वाद लिएर ऐश आराम गर्ने, पद लिने, पैसा कमाउने अनि आफुहरु जस्ता कार्यकतालाई बाहिर राखेर अहिले फेरी लावतीकै बिरोधमा बोले पछि आफ्नो कन्पारो तातेको राईले बताए । लावती अहिले पनि जिल्लाबासीका लागि एकदमै आवश्यक ब्यक्ति रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर